
काठमाडौँ, २२ माघ । सुर्खेतको विरेन्द्रनगरस्थित बन्दकर्ताबाट बचेर दौडिएको मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् ।
प्रहरीका अनुसार बन्दकर्ताबाट बचेर मोटरसाइकल चलाउँदा बालकलाई ठक्कर दिएको हो । प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बर मोटरसाइकलले अन्दाजी १० वर्षको बालकलाई ठक्कर दिएको हो भने बालकको नाम, ठेगाना खुल्न सकेको छैन । प्रहरीका अनुसार बालकको प्रदेश अस्पताल काला गाउँमा उपचार भैरहेको छ ।















प्रतिक्रिया