३ कार्तिक २०८३, मंगलबार

शान्ति समिति कञ्चनपुरको संयोजकमा सिंह चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-singमहेन्द्रनगर, १५ चैत । कञ्चनपुरको स्थानीय शान्ति समितिमा एकीकृत नेकपा माओवादीका युवा नेता गगन बहादुर सिंह बहुमतबाट चयन हुनुभएको छ ।

आईतबार स्थानीय शान्ति समितिको बैठकले सिंहलाई बहुमतबाट संयोजकमा चयन गरेको स्थानिय शान्ति समितिका कार्यालय प्रमुख तर्कराज भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार शान्ति समितिको बैठकबाट सिंहलाई बहुमती सदस्यले संयोजक बनाउने सहमत भएपछि सिंह स्थानीय शान्ति समितिको संयोजकमा चयन हुनुभएको भट्टले बताउनुभयो ।

सिंह संयोजक भएपछी अन्य २३ जना स्थानीय शान्ति समितिको सदस्यमा रहने छन् ।

संयोजक सिहले वास्तविक द्वन्द्व पीडितहरुलाई राहत दिलाउन पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

‘शान्ति समिति कञ्चनपुरको संयोजकको हैसियतले जिल्लाभरीका सम्पूर्ण द्वन्द्व पीडितहरुको पक्षमा काम गर्ने मेरो उद्देश्य हो ।’

सबै दलहरुसंग मिलेर पीडितहरुको राहतका लागि पहल गर्ने युवा संयोजक सिहको भनाई छ ।