१२ कार्तिक २०८३, बिहिबार

मानव अधिकारको संरक्षणमा लागिरहन्छु: नवनियुक्त अध्यक्ष मगर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त अध्यक्ष तपबहादुर मगर तथा सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले आज आयोगमा पदभार ग्रहण गरेका छन् ।

आयोगमा आज आयोजित पदभार ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष मगरले मानव अधिकारको प्रभावकारी संरक्षण, सम्बद्र्धन तथा कार्यान्वयनको सुनिश्चितामा सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

पदभारअघि, आयोगका अध्यक्ष मगरले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सोही समारोहमा आयोगका नवनियुक्त सदस्यलाई आयोगका अध्यक्ष मगरले शपथ ग्रहण गराएका थिए ।

संवैधानिक परिषद्ले नेपालको संविधानको धारा २४८ को उपधारा (२) बमोजिम आयोगको अध्यक्ष तथा सदस्यमा उनीहरुको नियुक्तिका लागि सिफारिस गरेको थियो । –रासस