
काठमाडौँ, २१ माघ । निर्वाचन आयोगले वैशाखमा हुने निर्वाचनका लागि ७ अर्बभन्दा बढी रकम माग गरेको छ ।
आयोगले ऐनको दफा २७ र २८ अनुसार निर्वाचनका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले हिजो निर्णय गरेको र सोहीअनुसार आज मन्त्रालयमा पठाएको जनाएका छन् । अयोगले अर्थमन्त्रालयसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ बजेट माग गरेको छ ।
आगामी वैशाख १७ र २७ गते आम निर्वाचन हुँदैछ ।
















प्रतिक्रिया