
काठमाडौँ, २१ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय ६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६७ हजार ६५ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३५ जना रहेको छ ।
२४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या २ हजार ३१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २० लाख ७८ हजार ९८ जनाको पीसीआर परीक्षण भइसकेको छ ।















प्रतिक्रिया