
काठमाडौँ, २१ माघ । नेकपाको प्रचण्ड माधव समूहले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
उक्त समूहले वुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभाको विघटन र संवैधानिक निकायका पदाधिकारीहरुलाई जिम्मेवारीमा खटाएपछि प्रचण्ड माधव समूहले पूर्व निर्धारित कार्यक्रम परिमार्जन गरेर बिहीबार आमहड्तालको घोषणा गरेको संघर्ष समितिका संयोजक एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
संयोजक श्रेष्ठले देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको बताए ।
सो समूहले माघ २८ गते प्रतिनिधिसभा विघटनविरुद्ध राजधानीमा वृहत प्रदर्शन गर्ने पनि कार्यक्रम तय भएको छ ।















प्रतिक्रिया