
काठमाडौँ, २१ माघ । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारवाहीको माग भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले वुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीमाथि कारवाहीको माग गरेको हो ।
संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै पक्राउ गरी कारवाही गर्न माग गरेको हो ।
ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरि व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।
संघका अनुसार झाँक्रीले राष्ट्रपति संस्थाप्रति नै अपमान गरेको भन्दै कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपति माथि अशोभनिय लाञ्छना लगाउनेलाई कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाइने बताएका छन् ।















प्रतिक्रिया