
काठमाडौँ, २१ माघ । जनता समाजवादी पार्टी नेपालका नेता डा. शिवजी यादव नेपाल कम्युनिष्ट पार्टी ओली पक्षमा प्रवेश गरेका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र मानिएका यादव ओली पक्षको नेकपामा प्रवेश गरेका हुन् ।
यादव वुधबार नेकपा ओली समूहमा प्रवेश गरेका हुन् । जसपा नेपालका केन्द्रीय सदस्य तथा अनुशासन विभागका प्रमुख समेत रहेका यादवले भने, ‘मैले उपेन्द्र यादवलाई धेरै सहयोग गरे, उहाँको सहयोगी भएर काम गरेँ तर उहाँले मलाई कहिले स्वीकार गर्नुभएन, उपेन्द्र यादवको रवैया कारण पार्टी छाडेको हुँ अरु कुनै कारण छैन ।’
यादवले प्रधानमन्त्री केपी शर्मा ओली मधेशका जनता तथा मुद्दा प्रति गम्भीर रहेको भन्दै आफू नेकपामा प्रवेश गरेको बताए ।
पार्टी प्रवेशसँगै उनले भने प्रधानमन्त्री ओलीले मधेशका लागि राम्रो गर्ने बताए ।
अन्य मधेशी नेताहरुले मधेशी जनतालाइ लडाएर राजनीति मात्रै गरेको आरोप लगाउँदै निकट भविष्यमा जसपाका अन्य धेरै नेताहरु ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने पनि दावी गरे ।















प्रतिक्रिया