– सीपी अधिकारी
बाल्टिमोर, अमेरिका । बाल्टिमोर तथा मेरिल्याण्ड राज्यभित्र रहेको सम्पूर्ण नेपालीहरुको एकमात्र छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका बानाको साधारण सभा तथा २०१५/१७ को लागि नयाँ कार्यसमितीको चयन बाल्टिमोरमा भब्य रुपमा सम्पन्न भएको छ ।
बानाको नया कार्यसमिति सर्बसम्मत रुपमा कुलमणि आचार्यको नेतृत्वमा कार्यकारी समिति चयन भएको छ भने नेतृत्वमा आचार्य आएपछि मेरिल्याण्डबासीमा सहभागितात्मक रुपमा बानाले अग्रगति लिने कुरामा आशा पलाएको छ ।
बानाका पूर्ब सभापति क्रिस घिमिरेको संयोजकत्वमा बनेको निर्बाचन समितिले नव निर्बाचित पदाधिकारीहरुको घोषणा गरि प्रमाणपत्र वितरण गरेको थियो ।
कार्यसमितिमा निर्वाचित हुनेहरुमा क्रमस अध्यक्षमा कुलमणि आचार्य, बरिष्ठ उपाध्यक्षमा अनु वन्त, उपाध्यक्षमा सतिस चापागाईं, महासचिबमा देव ब्रत शर्मा, सचिबमा श्रीजन ताम्राकार तथा सूचना प्रबिधि निर्देशकमा शालिक शर्मा वाग्ले निर्वाचित भएका छन्
यसै गरि हाललाई कोषाध्यक्ष तथा सदस्यता निर्देशक पद रिक्त रहेको छ । यसै गरि सदस्यहरुमा सुबोध विलाश पन्त, बाबुराम बिक, राजु पराजुली, जनक पौडेल, दिपक शर्मा, बल बहादुर गुरुङ तथा इन्दु रेग्मी निर्वाचित भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथिमा कार्यबाहक नेपाली राजदुत ऋषिराम घिमिरे, बिशेष अतिथि महाबाणिज्यदुत प्रेमराजा महत तथा व्हाइट हाउस कमिसन अन एसिया एण्ड पसिफिक आइल्यानडर का तर्फ़बाट सल्लाहकार डा अम्ब्रिन तारिख अतिथिको रुपमा मन्तब्य व्यक्त गरेका थिए ।
डा अम्ब्रिन तारिखले बाना जस्ता सस्थाहरु संग सहकार्य गरि अगाडी बढ्न चाहेको कुरा राख्नुभयो । उक्त कार्यक्रममा अध्यक्षका प्रत्यासी तथा समाजसेबी आनन्द कृष्ण घिमिरे तथा प्रभु थापाले बानाको बिधान अनुरुप समाजलाई सुदृढ बनाउदै सर्बसम्मत रुपमा नयाँ कार्यसमितिको चयनको जन भाबनालाई बुझेर आफुहरुले उम्मेदवारी फिर्ता लिएको र बानाको हरेक कार्यमा सहयोग गर्दै जाने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा विभिन्न स्थानिय बुध्दिजीवी तथा संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै प्रेम कुमार श्रेष्ठ, राज सेन्चुरी, युध्द बहादुर पन्त, कुल बहादुर गुरुङ, दुर्गा श्रेष्ठ, डा. भिम कट्टेल, गोबिन्द गिरी प्रेरणा, गोपाल बिक, दल बहादुर रोका, लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै आगामी दिनमा बानाले गर्नुपर्ने कार्यहरुका बारेमा समेत मन्तब्य राख्नुभएको थियो ।
बानाका निबर्तमान अध्यक्ष बिजय श्रेष्ठले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा महासचिब केशव आचार्यले प्रस्तुत गर्नुभएको सांगठानिक प्रतिबेदन तथा कोषाध्यक्ष राम कृष्ण भट्टराईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन पारित गरेको थियो ।
सोही कार्यक्रममा नया कार्यसमितिलाई पदभार हस्तान्तरण पश्चात नवनिर्बाचित अध्यक्ष कुलमणि आचार्यले आफु लगायत आफ्नो टिमले समाजले दिएको दायित्व र समाजको अपेक्षालाइ गम्भीरताका साथ लिएको र त्यसका लागि इमान्दारीताका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।















प्रतिक्रिया