
काठमाडौं । गायिक एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ‘चखेवा जोडी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमील जोडीको प्रेमको विभिन्न भावहरुलाई गीतमा व्यक्त गरिएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत र सञ्जय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ ।
मुकेश हुमागाईँको छायाँकन, टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी रहेको भिडियोलाई मनोज कार्कीले निर्माण गरेका हुन् ।
‘चखेवा जोडी’को भिडियोमा विजय पुन र याङसु श्रेष्ठलाई फिचर्ड गरिएको छ । हेर्नुहोस् भिडियो–















प्रतिक्रिया