३ कार्तिक २०८३, मंगलबार

‘बतासै सरर’मा बाबुराम-चम्पाको स्वर

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक बाबुराम भट्टराई र गायिका चम्पा खुलाल मगरको स्वर रहेको ‘बतासै सरर’ बोलको गीत रिलिज भएको छ ।

युट्युबमार्फत रिलिज भएको ‘बतासै सरर’को शब्द र संगीत माधव थापाले दिएका छन् । एरेन्ज हेमन्त शिशिरले गरेका छन् । लोकदोहोरी शैलीको यो गीतबाट गायक बाबुराम भट्टराईसहितको टिमले ठूलो आशा लिएको छ ।

म्युजिक भिडियोको निर्देशन रितबहादुर दर्लामीले गरेका छन् । अजित रायमाझी, आयुष्मा कार्की, रितबाहदुर दर्लामी र अनु पराजुलीको म्युजिक भिडियोमा अभिनय रहेको छ ।