३ कार्तिक २०८३, मंगलबार

संविधानसभाको बैठक चैत २३ गते बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan sabha vwanकाठमाडौं, १५ चैत । प्रतिपक्षी दलको विरोधका बाबजुद सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको बैठक आगामी चैत २३ गते डाक्नुभएको छ ।

संविधानसभा सचिवालयले आज साँझ एक सूचना जारी गरी गत माघ २९ गते बसेको बैठकबाट अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संविधानसभाको बैठक यही चैत २३ गते सोमबार दिउँसो १ बजे बस्ने जनाएको छ ।

बैठक सो दिन दिउँसो १ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्ने भएकाले संविधानसभाका सदस्यहरुलाई उपस्थिति हुनसमेत सूचित गरिएको छ ।