
काठमाडौँ, १९ माघ । नेकपा प्रचण्ड माधव पक्षका अनेरास्ववियुका नेता प्रसुन कार्कीलाई प्रहरीले कुटपिट गरेको प्रति निन्दा गरेको छ ।
सो पक्षको केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेशकुमार भट्टराईले सोमबार प्रेसनोट जारी गर्दै कार्कीमाथि भएको घटनाको निन्दा गरेका हुन् ।
प्रतिनिधिसभा विघटनका विरुद्ध प्रदर्शनका क्रममा कार्कीमाथि कुटपिट भएको भट्टराईले दावी गरेका छन् ।
उनले कार्कीको आँखामा गम्भीर चोट लागेको जनाएका छन् । ’यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न माग गर्दछौं । आन्दोलनकरीहरुमाथि कारबाहीमा उत्रने कुनै पनि व्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौँ ।’ प्रेस नोटमा उल्लेख गरिएको छ ।















प्रतिक्रिया