३ कार्तिक २०८३, मंगलबार

४६ वर्षकी भइन् अभिनेत्री प्रिती जिन्टा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री प्रिती जिन्टाले आफ्नो फिल्म करिअर सिक्काको भरमा सुरू भएको बताएकी छिन् ।

प्रितीले क्या केहना, कल हो ना हो, दिल चाहता है, वीर–जारा जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन ।

‘कथाजस्तो सुनिन्छ । कथा होइन । जब मैले पहिलो पटक शेखरलाई भेटेँ, उहाँले मलाई फिल्म तारा रम पम पमको लागि साइन गर्न भन्नुभयो’, उनले भनेकी छिन ।

‘शेखर कपूरको अगाडि म सानो बच्चा न थिएँ । म कुल देखिन पनि चाहन्थेँ’, प्रितीले भनेकी छिन्, ‘मैले यदि नियतिले चाहेको छ भने म फिल्ममा आउँछु भनेँ । मसँग भएको सिक्का फ्लिप गर्दै भनेकी थिएँ । यदि हेड आयो भने म फिल्म खेल्छु, नभए खेल्दिनँ ।’

सिक्का फ्लिपमा हेड पर्यो । यसरी प्रितीले निर्देशक शेखर कपूरको फिल्म तारा रम पम पममा साइन गरेर बलिउड प्रवेश गरिन् । केही कारणवश फिल्मको छायांकन रोकियो ।

पछि सन् १९९८ मा निर्देशक मणि रत्मनको फिल्म ‘दिल से’मा अभिनयसँगै प्रितीले बलिउड डेब्यू गरिन् । फिल्ममा उनीसँगै अभिनेता शाहरूख खान र मनीषा कोइराला मुख्य भूमिकामा छन् ।

आइतबारदेखि प्रिती ४६ वर्ष लागेकी छन् । सन् २०१६ मा विवाहपछि उनी आफ्नो श्रीमान र परिवारसँग लस एन्जल्समा समय बिताइरहेकी छन् ।