८ कार्तिक २०८३, आइतबार

नाट मिस एयर होस्टेज इन्टरनेशनको प्रशिक्षण सुरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । एयर होस्टेजहरुको क्षमता विस्तार तथा व्यक्तित्व विकासका लागि राजधानीमा नाट—मिस एयर होस्टेज इन्टरनेशनलको दोस्रो सिजन सुरु भएको छ ।

नाट मिस एयर होस्टेज इन्टरनेशनको गत मंगलबार नाट कलेजमा सम्पन्न भएको प्रशिक्षण शत्रको ओरेन्टेशन कार्यक्रममा नायक मनिष राउत, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी तथा टर्किस एयरलाइन्स कन्ट्री म्यानेजर अब्दुल्ला टन्कर केसिइको उपस्थिती रहेको थियो ।

नाट कलेजको आयोजना तथा क्रिजोना मिडिया ग्रुपको व्यवस्थापनमा सुरु भएको नाट—मिस एयर होस्टेज इन्टरनेशनलमा ३० जना एयर होस्टेज तथा एयर होस्टेज हुन चाहनेहरुको सहभागिता रहेको छ प्रतियोगिताले एयर होस्टेजहरुलाई परिस्कृत गर्नुका साथै एयर होस्टेज हुन खोज्नेहरुको क्षमता अभिवृद्धि गर्न भुमिका खेल्ने इभेन्ट म्यानेजर लभिन अन्सारीको भनाई छ ।

नाट—मिस एयर होस्टेज इन्टरनेशनलका विजेताले एयरहोस्टेज तालिममा शतप्रतिशत छात्रावृत्ति, म्युजिक भिडियोमा खेल्ने अवसर पाउनुका साथै व्यक्तित्व विकाससँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय इभेन्टहरुमा सहभागिता जनाउन पाउने बताइएको छ ।

इभेन्ट म्यानेजर अन्सारीका अनुसार हाल तालिम तथा प्रशिक्षण दिने कार्य भइरहेको र सो इभेन्टको फिनाले भने एभरेष्ट होटलमा आयोजना हुनेछ ।