मुम्बई । बलिउड नायिका कंगना रनौतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’लाई आफै निर्देशन गरेकी थिइन् । यो फिल्म रिलिज भएको दुई वर्ष पुगेको छ । फिल्म २५ जनवरी २०१९ मा रिलिज भएको थियो । फिल्म रिलिज भएको दुई वर्ष पुगेको अवसरमा कंगनाले ट्वीट गर्दै दुई तस्बिर सार्वजनिक गरेकी छन् ।
तीमध्ये एउटा तस्बिरमा कंगनाको खुट्टामा प्लास्टर लगाइएकी छिन् । उनी ह्वील चेयरमा देखिएकी छिन् । दोस्रोमा उनको निधारमा चोटको निशान छ । उनले ट्वीटमा लेखेकी छिन् ‘जुन फिल्ममा मेरो हड्डी भाँच्चियो, त्यही फिल्मले कयौं रेकर्ड तोड्यो ।’
भारतमा भन्दा जापानमा फिल्म सबैभन्दा धेरै सफल सावित भएको उनको उल्लेख गरेकी छिन् । कंगनाले एउटा भिडियो समेत शेयर गरेकी छिन् । भिडियोमा अमिताभ बच्चनको आवाजमा मर्णिकर्णिकाको कथा प्रस्तुत गरिएको छ । भिडियोमा अंकिता लोखण्डे, सुरेश ओबरोय, जीशु सेन गुप्ता, अतुल कुलकर्णीसहित अन्य फिल्मका सबै स्टार छन् ।
‘कयौं यो फिल्म सर्वश्रेष्ठ ऐतिहासिक फिल्म भनेका छन् । म यसलाई विश्वस्टरको फ्रेन्चाइज बनाउने बचन दिन्छु’, कंगनाले भनेकी छिन् । उनले अर्को भिडियो समेत शेयर गरेकी छिन् । यो भिडियोमा कंगनाले तरवार चलाइरहेको क्लिप समेटिएको छ । पीरियड ड्रामामा आधारित फिल्म रानी लक्ष्मीबाईको जीवन, शासन र अंग्रेजसँगको लडाइँको विषयमा थियो । एजेन्सी















प्रतिक्रिया