मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सहकार्य

दैनिक नेपाल २०७७ माघ १५ गते १६:४१

काठमाडौँ, १५ माघ । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ, एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघ’, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुर्याउनेछ ।

यसका साथै ती उद्यमीहरुले महासंघबाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

नबिल बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र महासंघकी अध्यक्ष रीता सिम्हाले सम्झौता पत्रमा हःताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दै बस्नेत (डनिल) ले भने, “नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा वृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तिय पहुँच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ. हामीले महासंघको सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋण कर्जाहरू प्रदान गर्ने उदेश्य राखेका छौँ । महासंघका सदस्यहरूको आवश्यकताअनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ ।”

त्यस्तै महासंघकी अध्यक्ष सिम्हाले भनिन्, “महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन । महिलाउद्यमीलाई वित्तिय पहुँचका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैंक प्रति कृतज्ञ छौँ ।”

नबिल बैंकको बारेमा

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको वृहत सन्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ. ।

एक उच्च प्रशिक्षित समूह र मजबुद र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

एफडब्लुईएएन बारेमा

एफडब्लुईएएन एक गैर नाफामुलक संस्था, देशको आर्थिक प्रगतिमा महिला उद्यमीहरूको सामूहिक प्रयासहरूको प्रतिनिधित्व गर्ने लक्ष्य राख्दछ । एफडब्लुईएएन नेपाल महिला उद्यमी संघको केद्रीय निकाय हो र यसको बोर्डमा २७ सदस्य छन् ।

महासंघले अन्ततः महिला उद्यमशीलताको दृष्टिकोणलाई आर्थिक वृद्धि र गरिबी निवारणको योगदानलाई सामाजिक आर्थिक क्षेत्रमा सबै तहमा महिलाको सहभागिता तर्फ परिमार्जन गर्न खोजेको छ.अहिले सम्म एफडब्लुईएएनको २५०० भन्दा बढी सदस्यता छ ।

प्रतिक्रिया
सम्बन्धित