६ मंसिर २०८३, आइतबार

मनाङको थोचेमा आगलागी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, १५ माघ । मनाङ जिल्लाको नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि आगलागी भएको छ ।

बुधबार बिहानैदेखि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटिएका छन । टोलीलाई मानव बस्ती जोगाउन हम्मेहम्मे परेको छ ।

मानव बस्ती भएको वडा नं. ६ र ७ को तिल्चेनजिक आगो पुग्न लागेको छ भने वडा नं. ५ थोंचे खतरामुक्त रहेको छ ।

आगो मानव बस्तीनजिकै आइपुगेकाले नियन्त्रणमा लिने प्रयासमा लागेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको उनले बताए ।

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ ।

धेरै ठूला रूखहरु नजले पनि साना बुट्यान तथा झाडी जलेका छन् । यो समाचार तयार पार्दासम्म एउटा डाँडो पूरै जलिसकेको छ र आगो मानव बस्तीनजिक पुगेको छ ।