८ कार्तिक २०८३, आइतबार

तनहुँमा एशियन मार्ट खुल्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीवी श्रेष्ठ

तनहुँ, १४ माघ । तनहुँ जिल्लामा एशियन उपभोक्ता सहकारी संस्थाद्वारा संचालित सुपथ मूल्य पसल एशियन मार्टले आफ्नो कारोबार सुरु गरेको छ ।

एशियन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले एशियन मार्टको शुभारम्भ गरेका हुन् ।

न्यौपानेले तनहुँको सन्दर्भमा सहकारीले उपभोक्तासँग प्रत्यक्ष प्रभाव पार्ने उपभोग्य समानको पसल खोल्नु सहनीय भएको बताए ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले एशियन सहकारीले राम्रो कदम चालेको बताए ।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुष्ठनाथ मिश्र, वडाध्यक्ष विश्व न्यौपाने, उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य वृषराज श्रेष्ठ, पूर्वनगर प्रमुख ताराप्रसाद श्रेष्ठ, महासचिव ईमकुमार श्रेष्ठ, पूर्वअध्यक्षहरू अशोक कुमर श्रेष्ठ, शंकरलाल राजभण्डारी, मंगल प्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।