२९ आश्विन २०८३, बिहिबार

निन्द्रामा किन हिँड्छन् ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोही मानिसहरू सुतिरहेको बेला उठ्ने, अन्यत्र ठाउमा गएर बस्ने र यताउता हिड्ने जस्ता अनौठा क्रियाकलाप गर्छन ।

उनीहरूलाई कुनै पनि कुरा थाहा हुँदैन । उनीहरू गहिरो निन्द्रामा परेका हुन्छन् । यस्तो असामान्य अवस्थालाई डाक्टरी भाषामा सोम्नाम्बुलिज्म भनिन्छ ।

यो सुतेको एक वा दुई घण्टापछि सुरु हुन्छ । निन्द्रामा हिड्ने बानी प्रायः जवानहरूमा भन्दा बढी केटाकेटीमा देखा पर्छ । यसो हुनुका कारणहरू यसप्रकार छन ।

तनाव भएमा, माइग्रेन, निन्द्राको समय नमिलेमा, निन्द्राको अभाव भएमा, अत्याधिक थकानको महसुस भएमा, वंशानुगत गुण, निन्द्रामा स्वास फेर्न नसकेमा, बिरामी भएको बेला वा ज्वरो आएको बेलामा, केही औषधिहरू जस्तैः निन्द्राको गोली खाएमा, टाउकोमा चोटपटक लागेको खण्डमा, निन्द्राको वातावरण परिवर्तन भएमा निन्द्रामा हिँडने गरिन्छ ।