३ कार्तिक २०८३, मंगलबार

प्रचण्ड भन्छन्-‘काँग्रेस एमाले जिम्मेवार हुने हो भने आजै सहमति हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौँ, १५ चैत । एकीकत नेकपा माआवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणका विवादित विषयमा सहमति खोज्न नेपाली काँग्रेस र नेकपा एमालेले जिम्मेवारीपूर्वक सोच्नुपर्ने बताउनुभएको छ ।

विवादित विषयमा सहमति खोज्न आज प्रधानमन्त्री तथा काँग्रेसका सभापति सुशील कोइराला लगायत नेतासँगको भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले काँग्रेस एमालेका नेताहरु गम्भीर ढङ्गले निर्णय लिनसक्ने अवस्थामा नभएकाले समस्या बल्झिएको धारणा राख्नुभयो ।

‘आज १ बजे हाम्रो जुलुस सुरु हुनुअघिसम्म उहाँहरुले नयाँ र सहमतिको प्रस्ताव ल्याएर आउनुभयो भने राम्रो हुन्छ’, बैठकपछि अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यो नभए बेलुकसम्म नयाँ प्रस्ताव ल्याउनुभयो भने त्यसमा सकारात्मक छलफल गर्न हामी तयार छौं ।’

काँग्रेसका नेताहरुले आन्दोलन स्थगित गर्न गरेको आग्रहका सम्बन्धमा अध्यक्ष दाहालले कुनै समझदारी र सहमति नभइ आन्दोलनका कार्यक्रम स्थगित गर्ने सम्भावना नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोगका सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले शान्ति सम्झौता र अन्तरिम संविधानको मूल मर्ममाथि प्रहार गरेको गुनासो राख्नुभएको थियो ।

साथै उहाँले अध्यागमनको राहदानी प्रणालीको जिम्मा विदेशी कम्पनीलाई दिन केही मन्त्री लागेको सम्बन्धमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

संविधानसभामा भएको तोडफोड घटना र संविधान निर्माणको प्रक्रिया अघि बढेसँगै दलहरुबीच देखिएको संवादहीनताको अवस्था हाल टुटेको छ । एमाओवादी अध्यक्ष दाहाल चीन भ्रमणबाट फर्केलगत्तै प्रमुख दलहरुबीच वार्ता र छलफलमा तीव्रता देखिएको छ ।