मुम्बई । बलिउड अभिनेत्री कंगना रनावतले दशकअघिको दिन सम्झना गरेकी छिन् ।
कंगनाले आफ्नो फ्यान पेजमा पोस्ट भएको फोटोमा प्रतिक्रिया जनाउँदै ११ वर्षअघिको घटना सम्झेकी हुन्, जुन बेला उनी ‘राष्ट्रिय फिल्म अवार्ड’बाट सम्मानित भएकी थिइन् ।
सन् २००८ मा कंगना अभिनित फिल्म ‘फेसन’का लागि उनलाई सरकारले ‘राष्ट्रिय फिल्म अवार्ड’बाट सम्मान गरेको थियो । कंगनाले त्यस बेला तत्कालीन राष्ट्रपति प्रतिभा पटिलबाट अवार्ड थापेकी थिइन् ।
‘पहिलो राष्ट्रिय अवार्ड । योसँग सम्बन्धित थुप्रै सम्झनाहरू छन् । म सम्मान प्राप्त गर्ने सबैभन्दा कान्छी अभिनेत्रीमध्ये थिएँ । अवार्ड पनि एक महिला राष्ट्रपतिबाट पाएँ’, कंगनाले पोस्टमा प्रतिक्रिया जनाउँदै भनेकी छन्, ‘त्यो बेला मैले लगाएको लुगा आफैं डिजाइन गरेकी थिएँ । किनभने मसँग नयाँ लुगा किन्न पैसा थिएन ।’















प्रतिक्रिया