काठमाडौं, १२ माघ । हिन्दूधर्मप्रति खासै रुचि नदेखाउने प्रधानमन्त्री केपी ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर क्षमा पूजा गरेका छन् ।
ओलीले सोमबार बिहान पशुपतिनाथको पूजा गरेका हुन् । पशुपति मन्दिर क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्यले पशुपतिनाथ मन्दिरमा पुगेरै संकल्प पूजा गरेको जानकारी दिएका छन् ।
प्रतिनिधि सभा विघटन गरेपछि विवाद र तनावमा आएका बेला प्रधानमन्त्री ओलीले पशुपतिनाथको पूजा गरेका छन् ।
पशुपतिनाथको पूजा गर्ने क्रममा ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल पनि गएका थिए ।













प्रतिक्रिया