१० कार्तिक २०८३, मंगलबार

सर्लाही र धनुषामा हतियारसहित दुई जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १० माघ । सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका छन् । उनलाई कविलासी नगरपालिका– १० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । उनको साथबाट ७।६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ ।

धनुषाको जनकपुरधाम उप(महानगरपालिका(१९ बाउन्न बिघास्थित बाटोबाट लक्ष्मीनियाँ गाउँपालिका– १ सोहनीका १९ वर्षीय विवेक यादव पनि पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा उनको शरीर खानतलासी गर्दा २ थान नलकटुवा पेस्तोल फेला परेको प्रहरी धनुषका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।