मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बुद्ध मलमा रश्मिलाज् फेसियलको तेस्रो शाखा स्थापना

दैनिक नेपाल २०७७ माघ ९ गते १६:४८

काठमाडौं, ९ माघ । सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउन सफल भएको ‘रश्मिलाज् फेसियल हाउस’ले आफूलाई विस्तार गरेको छ ।

सुन्धारास्थित काठमाडौं मलबाट शुरु भएको रश्मिलाजले तेस्रो शाखा (नयाँ आउट लेट) खोलेको छ । काठमाडौंको बालाजुस्थित बुद्ध मलमा रश्मिलाजको तेस्रो शाखा खोलिएको सञ्चालिका वरिष्ठ सौन्दर्यविद् एवम् सञ्चालिका रश्मिला श्रेष्ठले जानकारी दिएकी छिन् । सञ्चालिका श्रेष्ठले उपभोक्ताहरूको मागअनुसार तेस्रो शाखा खोलिएको जानकारी दिइन् ।

बुद्ध मलको शाखाको जिम्मेवारी निक्की प्रधानलाई दिइएको सञ्चालिका श्रेष्ठले बताएकी छिन् । ‘निक्की श्रेष्ठ हाम्रो परिवारको सदस्य पनि हो । उहाँ निकै राम्रो सौन्दर्यविद् पनि हुनुहुन्छ’, उनले भनेकी छिन्, ‘रश्मिलाज् फेसियल हाउसको तेस्रो शाखाबाट हाम्रा उपभोक्ताहरूले गुणस्तरीय सेवा पाउनुहुनेछ ।’

रश्मिलाजका संरक्षक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले बुद्ध मलको तेस्रो शाखाले एक–दुईभित्रै औपचारिक रुपमा सेवा शुरु गर्ने जानकारी दिए । ‘केही प्राविधिक व्यवस्थापन मिलाउन बाँकी छ’, उनले भने, ‘हाम्रो सेवा भनेको गुणस्तरीय र अन्यत्रभन्दा सस्तो हुनेछ ।’

यसअघि रश्मिलाज फेसियल हाउसले गंगबुको बिजी मलमा दोस्रो शाखा खोलिसकेको छ ।

श्रेष्ठले परिवार कानूनको क्षेत्रमा दख्खल राख्ने भएपनि पछिल्लो समय सौन्दर्यको क्षेत्रमा सेवा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित