काठमाडौं, ९ माघ । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा जागिर खुलाएको छ ।
वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ ।
बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो । आज गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो । अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ । माघ ९ गतेदेखि २९ गतेसम्म दरखास्त दिन सकिन्छ ।















प्रतिक्रिया