३० आश्विन २०८३, शुक्रबार

बानेश्वरस्थित एभरेस्ट होटलमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hotel-everest

काठमाडौं, १५ चैत । नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ ।

होटलको भुइँतलामा रहेको इलेक्ट्रिक स्विच बक्सबाट विद्युत् चुहेर लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा तत्कालै नियन्त्रणमा आएको थियो । आगलागी बिहान ७ः१५ बजेदेखि सुरु भएकामा ८ बजेभित्र नियन्त्रणमा आइसकेको थियो ।

आगलागीबाट सो स्थानमा रहेको पुस्तकालयका केही किताब र सामान्य पुराना दरीमा मात्र क्षति पुगेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेनाको एक र काठमार्डाैँ महानगरपालिकाका दुई जुद्ध वारुणयन्त्र परिचालन गरिएको थियो । रासस