२९ आश्विन २०८३, बिहिबार

हामी यसकारण एमालेमा फर्कियौँ: डा. डिल्लीराज खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dilli-Raj-Khanal

तोकिएको समयमा संविधान, उत्पिडिनमा रहेका वर्ग क्षेत्रको हक अधिकार, व्यवहारमै सामाजिक न्याय, समानता र समावेशी परिपाटीमा आधारित आर्थिक सामाजिक रुपान्तरण र सम्बृद्धि, सुशासनको प्रत्याभुति र आम जनताबिच द्रुत सेवा एवं सुविधा, सहकारी र उत्पादन संगठनका माध्यमबाट जगबाटै उत्पादन, रोजगारी र आय जस्ता पक्षमा अभियान चलाउने र आम रुपमा उग्रवाम तथा दक्षिणपन्थी विसर्जनवादी प्रबृत्ति बिरुद्ध जुध्दै नेपालको वाम आन्दोलनलाई एकिकृत बनाउने तर्फ योगदान पु¥याउने उद्देश्यले विभिन्न पार्टीमा रहि गलत विचार र प्रवृत्ति विरुद्ध संघर्ष गर्दै आएका नेता, कार्यकर्ता तथा अग्रगमनका पक्षधर बुद्धिजिवि, युवा लगायत समाजका अगुवाहरुको पहलमा २०७१ भाद्र २१ मा यस राष्ट्रिय प्रगतिशिल एकता मञ्चको गठन भएको थियो । गठन भए यता यस्को २० भन्दा बढी जिल्लामा संगठन र सम्र्पक माध्यम तयार भएका छन । अहिलेसम्म भएका छलफल र अन्तरक्रियाका आधारमा यो मञ्च निम्न निष्कर्षमा पुगेको छ ।

क) नेपालको वाम आन्दोलन र यस्का प्रवृत्ति तथा उतारचढावले पार्टीको बिचार, कार्यदिशा, संगठन र कार्यशैली सहि भएन भने क्षणिक भ्रम दिन त सकिन्छ तर परिवर्तनकामी श्रमजीवि वर्गको विश्वास जित्दै वाम आन्दोलनको नेतृत्व गर्न सकिदैन भन्ने प्रष्ट गरेका छन । राजनीतिक घटनाक्रमहरुले क. मदन भण्डारीको नेतृत्व र अगुवाईमा प्रतिपादीत जनताको बहुदलिय जनवादले अघि सारेको नविनतम विचार नै सहि तथा वैज्ञानिक छ र यस्को मार्गदर्शनबाट नेपालको वाम आन्दोलनलाई अझ एकतावद्ध र ससक्त बनाउदै लगि पूँजीवादी क्रान्तिका कार्यभारहरु पुरा गर्न र समाजवाद तर्फ अघि बढन सकिन्छ भन्ने प्रमाणित भएको छ । जबज को मागदर्शनमा नेपालको वाम आन्दोलनको मूल धारको रुपमा अघि बढि रहेको नेकपा (एमाले) को नेतृत्वमा उग्रवाम तथा दक्षिणपन्थी विर्शजनवादी प्रवृत्तिलाई राजनीतिक रुपमा परास्त गर्दै वाम आन्दोलनलाई अझ ससक्त ढंगले अघि बढाउन सकिन्छ भन्ने यो मञ्चले ठहर गरेको छ ।

ख) नेकपा (एमाले) माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलिय जनवादको मार्गदर्शनमा समाजमा विद्यमान वर्गिय, जातिय, भाषिक, साँस्कृतिक लगायतका उत्पीडन र विभेदका विरुद्ध संघर्षरत रहँदै आएको छ । यसैले यहि पार्टीको नेतृत्वमा मात्र विगतका राजनीतिक उपलब्धीहरुलाई संस्थागत गर्दै सामाजिक आर्थिक रुपान्तरणकाको कार्यलाई तिब्रता दिई समाजवाद निर्माणको बाटो सृदृढ गर्दै जान सकिन्छ भन्ने निष्कर्षमा मञ्च पुगेको छ ।

ग) गणतन्त्र, धर्मनिरपेक्षता तथा संघियतामा आधारित समावेशीता सहितको अग्रगामी लोकतान्त्रिक संविधान अविलम्ब निर्माण गरि राजनीतिक स्थिरता र दिगो शान्तिको आधार सुनिश्चित गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो । तर अहिले पहिचानको नाममा एकल जातिय राज्य निर्माणको माग अघि सारि संविधान निर्माण प्रक्रियालाई नै अवरुद्ध गर्ने षडयन्त्र भई रहेको छ । यस्ले गर्दा संविधान नै नबन्ने र मुलुकमा प्रतिक्रान्तिका अनुयायीहरुले टाउको उठाउने हुनकी भन्ने खतरा बढेको छ । अझ आश्चर्यको पक्ष के छ भने आफुलाई क्रान्तिकारी र माक्र्सवादका सच्चा अनुयायीहौ भनि दावा गर्नेहरुबाटै माक्र्सवादको आधारभुत वर्गिय पक्षलाई छोडेर देशमा जातिय द्धयस फैलाउने तथा मुलुकको राष्ट्रिय एकता र अखण्डतामै खलल ल्याउने तर्फ विशेष भुमिका खेलि वाम आन्दोलनलाईनै बदनाम गर्ने काम भई रहेको छ । आम रुपमा पहिचान र सामथ्र्यताको आधारमा राज्यको पुर्नसंरचना गर्ने मान्यता सहि छ र थप रुपमा पहिचानलाई वर्गिय, क्षेत्रिय उत्पिडनसँग जोडेर त्यस्लाई सामथ्र्यताको अर्को कडिको रुपमा एकिकृत ढंगले अघि सारी यस बारे सिर्जना गर्न खोजिएका भ्रमहरुलाई चिर्न आवश्यक छ भन्ने मञ्चको निष्कर्ष छ ।

घ) अब छिटो संविधान जारी गरी आर्थिक सामाजिक रुपान्तरणमा आधारित सामाजिक न्याय र समावेशिता सहितको आर्थिक सम्बृद्धिको बाटोमा केन्द्रित भएर लाग्नुको अर्को बिकल्प छैन । तर हाल हावी रहेका आर्थिक सामाजिक नीति तथा परिपाटीहरुले यस्को ठिक विपरित दिशामा योगदान पु¥यार्ई राजनीतिक तहमा गरिएका प्रतिबद्धताको समेत अवमूल्यन गरिरहेका छन । त्यसैले नेकपा (एमाले) ले सुस्पष्ट मार्गचित्र र रणनीतिक खाका सहित आर्थिक क्रान्तिको महाअभियान सशक्त ढंगले अघि बढाउने छ र भूमिहिन, सुकुम्बासी, गरिब किसान, मजदुर, युवा लगायत आम श्रमजीवि वर्गको उत्थान सँगै मुलुकको आर्थिक सम्बृद्धिमा आफनो शक्ति केन्द्रित गर्ने छ भन्ने मञ्चले विश्वास लिएको छ ।

ङ) नेपालको लोकतान्त्रिक तथा जनताको मुक्तिको आन्दोलनमा हजारौ नेपालीहरुले वलिदान दिएका छन । जनताको शासन सत्ता स्थापना गर्ने पवित्र चाहनाका साथ जनयुद्धमा लागेका थुप्रैको त्यागले सामन्तवादको समाप्ती र राजनीतिक परिवर्तनको दिशामा महत्वपूर्ण भुमिका खेलेको छ । तर गलत नीति र नेतृत्वका कारण युद्धमा होमिएका तथा अन्य तमाम नेता कार्यकर्ताको राजनीतिक भविष्य र जिविकाको समस्या अहिले गम्भीर बनेर आएको छ । त्यसैले सच्चा निष्ठा सहित त्यसरी लागेकाहरु लाई एकिकृत वाम आन्दोलनको मूल धारमा ल्याउने तर्फ नेकपा (एमाले) ले विशेष भुमिका खेल्ने छ भन्ने मञ्चको विश्वास छ ।

मञ्चले उठाएका कतिपय विषयहरुमा पार्टीले आफना मान्यता र दृष्टिकोणहरु अझ प्रष्ट गर्ने, सुझाएका विषयमा आवश्यक पहल गर्ने तथा मञ्चमा आवद्ध सबै नेता कार्यकर्ताहरुलाई सम्मानजनक ढंगले पार्टीका संगठन र विभिन्न निकायमा जिम्मेवारी दिने पारस्परिक सहमति र विश्वासका आधारमा मञ्चले नेकपा (एमाले) सँग एकिकरण गर्ने निर्णय गरेको छ ।
अन्त्यमा मञ्च सबै देशभक्त, लोकतान्त्रिक, प्रगतिशिल व्यक्ति तथा शक्तिहरुलाई नेकपा (एमाले) मा समाहित हुन र समृद्ध राष्ट्र निर्माणको महाअभियानमा योगदान पु¥याउन आह्वान गर्दछ ।

डा. डिल्ली राज खनाल
अध्यक्ष
राष्ट्रिय प्रगतिशिल एकता मञ्च