६ मंसिर २०८३, आइतबार

ठगी गरेको आरोपमा तीन जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, ७ माघ । झापामा नक्कली कम्पनीको नामबाट किसान ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चैनपुर नगरपालिका वडा नम्बर ३ पोखरी बस्ने धनकुटा छथर गाउँपालिका वडा नम्बर ६ का रमेश भनिने नरेन्द्र थापा, चैनपुर नगरपालिका वडा नम्बर ३ का चन्द्रबहादुर आलेमगर र सोही नगरपालिका वडा नम्बर ४ का मिलन भनिने सुरेन्द्र राईलाई पक्राउ गरेको हो ।

उनीहरूलाई चार वर्षदेखि नक्कली कम्पनीको नाममा उन्नत जातको गाइपालन तथा चिस्यान केन्द्र स्थापना गरेर ठगी गरेको आरोप छ ।

चैनपुर वडा नम्बर ३ र ४ का किसानलाई आर्थिक प्रलोभन देखाएर २० लाख १० हजार ठगी गरेर फरार रहेका उनीहरूलाई नेपालगञ्बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।