काठमाडौं, ७ माघ । वागमती प्रदेश र प्रदेश १ मा आजबाट हिउँदे अधिवेशन शुरु हुँदैछ ।
वागमती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागिएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र अरु केही सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाउन माग गरे पनि त्यसो नहुने भएको छ ।
प्रदेश सभाको विजनेश तय गर्न बसेको कार्य व्यवस्था परामर्श समतिको बैठकले अविस्वासको प्रस्तावसम्बन्धी कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेसँगै अविस्वासको प्रस्ताव पेश नहुने भएको छ ।











प्रतिक्रिया