आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

कतारी आरोहीद्वारा माउन्ट आमादब्लमको सफल आरोहण

दैनिक नेपाल २०७७ माघ ६ गते १४:३७

काठमाडौं, ६ माघ । कतारी आरोही फराद बडारले नेपालको ६ हजार ८१२ मिटर उचाइको माउन्ट आमादब्लम हिमालको सफल आरोहण गरेका छन् ।

१४ जनवरीमा उनले शिखर चढेको कतारस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । यसले द्धिपक्षीय सम्बन्ध बलियो बनाउने विश्वास समेत दूतावासले व्यक्त गरेको छ ।

कोभिड–१९ प्रोटोकल पालना र चिसो मौसमबाट सुरक्षित रहेर बडारले हिमाल चढेको जनाइएको छ । बडार खाडी मुलुकबाट पहिलोपटक सगरमाथा र ल्होत्से चढ्ने आरोही हुन् ।

प्रतिक्रिया
सम्बन्धित