काठमाडौं, ६ माघ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
लगातार दुई दिन ओरालो लागेको सुनको मूल्यमा आज प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थिए ।
यसैगरी मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । सोमबार स्थिर रहेको चाँदीको मूल्य आज मंगलबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस