१० कार्तिक २०८३, मंगलबार

काठमाडौंमा एटीएम फोडेर पैसा चोर्न खोज्ने पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । काठमाडौंमा एटीएम मेशिन फोडेर पैसा चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति सवा २ बजे ठूलो भर्‍याङमा एनआईसी एसिया बैंकको एटीएम मेशिन फोडि नगद रकम चोरी गर्न खोज्ने बैतडीको महादेवस्थान गाउँपालिकाका कमलबहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट मेशिन फोड्न प्रयोग हुने औजारसमेत बरामद गरिएको छ । प्रहरीले बेलैमा थाहा पाएकाले उनले नगद चोर्न नपाएको बताइएको छ ।