१० कार्तिक २०८३, मंगलबार

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, ५ माघ । आफ्नै श्रीमती ४६ वर्षीया श्रीमायाँ गोलेको हत्या गरेको अभियोगमा मकवानपुर गढी गाउँपालिका २ भालङटार बस्ने ४६ वर्षीय देवराज गोलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रीमायाँ सोमबार बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा देवराजको संलग्नता खुल्न आएपछी उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।