३ कार्तिक २०८३, मंगलबार

२४ घण्टामै थपिए ५ लाख संक्रमित, करिब ४ लाख निको, ९ हजार बढीको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । पछिल्लो २४ घण्टाभित्र विश्वभर ५ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ५ लाख ३१ हजार १६७ जना संक्रमित थपिएका हुन् ।

यस्तै २४ घण्टामा ३ लाख ७९ हजार ३२८ जना कोरोनाबाट मुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ करोड ८१ लाख ५५ हजार ४७९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ९ हजार बढीले ज्यान गुमाएका छन् । यो सँगै संसारभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख ३९ हजार ६९५ पुगेको छ ।