सिहार, ५ माघ । मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा प्रदेश २ ले सोमबार बलिदानी दिवस मनाउन सार्वजनिक विदा दिएको छ ।
दिवसका अवसरमा आज प्रदेश २ सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ । २०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेश केन्द्रित दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् ।
दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन् । तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १ सय ३ जनाले ज्यान गुमाएका थिए ।















प्रतिक्रिया