
काठमाडौँ, ४ माघ । लक्ष्मी बैंकले लोहत्से बहुउदेश्यीय प्रा.लिमिटेडको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुबिधा ल्याएको छ ।
अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनि/वालेट बाट क्यूआर स्क्यान गरि फोनपे नेटवर्क अन्तर्गत भुक्तानी गर्न सक्नेछन् ।
क्यूआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौँको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ । क्यूआर पेमेन्टले ग्राहकहरुलाई छिटो एवम् छरितो सहज रुपले भुक्तानी गर्न सक्ने विश्वास बैकले लिएको छ ।















प्रतिक्रिया