३ कार्तिक २०८३, मंगलबार

सडक दुर्घटनामा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, १५ चैत । शनिबार राति करिब ९ः१५ बजे सदरमुकाम इनरुवा–दुहबी सडकखण्डअन्तर्गत गडन खोला नजिक भएको सडक दुर्घटनामा सुनसरी बविया–४ बस्ने ४० वर्षीय अर्जुन यादव र इनरुवा–७ बस्ने सत्यनारायण ठाकुरको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको अगाडिपट्टि को१त ५६१७ र पछाडिपट्टि को२प २५२७ नंको ट्र्याक्टरले पश्चिमबाट पूर्व दिशातर्फ आइरहेको को६प ४४५३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार यादव र ठाकुरको घटनास्थलमा नै मृत्यु भएको सुनसरीका प्रहरी उरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको तथा ठक्कर दिने ट्र्याक्टर सुनसरी प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।