३ कार्तिक २०८३, मंगलबार

आइतबार ७०० रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति मूल्यमा हुँदैछ कारोबार ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा ७०० रुपैयाँले कमी आएको छ ।

७०० रुपैयाँको कमीसँगै आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएको थियो । उक्त दिन सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी आइतबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले कमी आएको छ । आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।