३ कार्तिक २०८३, मंगलबार

बागलुङकी महिला र गुल्मीका पुरुष मृत अवस्थामा भेटिए

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ४ माघ । ४५/४५ वर्षका बागलुङकी एक जना महिला र गुल्मीका एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

बाग्लुङको बाग्लुङ नगरपालिका–३ रुम्टाकी ४५ वर्षीया निरमाया पुन थापा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।

यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका ४५ वर्षीय तुलबहादुर बिक गुल्मीदरवार गाउँपालिका–१ वरेवा खोलाको छेउमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

घाँस काट्न जान्छु भनी हिँडेका उनी अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

दुवै घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।