
कैलाली, ४ माघ । कैलालीमा एक २७ वर्षीया महिला बलात्कृत भएकी छिन् ।
२७ वर्षीया ती महिलालाई बलात्कार गरेको अभियोगमा गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई घरपछाडि खेतमा बोलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको बताइएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया