
काठमाडौं, ४ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरूमाथि संवैधानिक इजलासमा आज आइतबारदेखि पुनः सुनुवाइ शुरू भएको छ ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले रिट निवेदनहरूबारे संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णयमा पुगेसँगै आजदेखि बहस शुरू भएको हो ।
संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर मत बाझिएकाले नियमित सुनुवाई हुन सकेको थिएन । अब भने सुनुवाइ लगातार हुने बताइएको छ ।















प्रतिक्रिया