३ कार्तिक २०८३, मंगलबार

बामदेव गौतमतिर लागे प्रदेशसभा सांसद दीपक मनाङे

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ३ माघ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे वामदेव गौतमतिर लागेका छन् ।

वामदेवले नेकपा विभाजनपछि ‘पार्टी एकता अभियान’ चलाइरहेका छन् । सोही अभियानमा मनाङे पनि लागेका हुन् ।

गत वर्ष नेकपा प्रवेश गरेका मनाङेले पार्टीको आधारिक सदस्यता नलिएकाले आफू स्वतन्त्र नै रहने बताउँदै आए पनि वमदेवको आग्रहपछि उनी अभियानतिर लागेको बताइएको छ ।

मनाङले वामदेवले आफ्नो अभियानमा लाग्न आग्रह गरेको र आफूलाई पनि सो अभियान मन परेको प्रतिक्रिया समेत दिएका छन् ।

मनाङ ‘ख’बाट प्रदेशसभामा निर्वाचित सांसद मनाङेले गण्डकी प्रदेशमा आफ्नो राम्रो पकड रहेको समेत बताउँदै आएका छन् ।