
काठमाडौं, ३ माघ । विश्वभर कोरोना भाइरसका ९ करोड ४३ लाख १४ हजार ५८९ जना संक्रमितमध्ये १ लाख ११ हजार ४२५ जनाको अवस्था गम्भीर छ ।
हाल विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४३ लाख १४ हजार ५८९ जना पुगेको छ । त्यसमध्ये सो संख्याका संक्रमितको अवस्था गम्भीर रहेको वल्र्डोमिटरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै संसारभर ७ लाख ५७ हजार ९५८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४३ लाख १४ हजार ५८९ पुगेको हो ।
पछिल्लो २४ घण्टा अर्थात् शनिबार बिहानसम्ममा ५ लाख ९ हजार ९२१ जना निको भएका छन् । योसँगै विश्वभर निको हुनेको कुल संख्या ६ करोड ७३ लाख ४५ हजार ८७१ जना पुगेको छ ।
कुल संक्रमितको २६.४५ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ४९ लाख ४१ हजार ६६५ छ । यसमध्ये १ लाख ११ हजार ४६५ जनाको अवस्था गम्भीर अवस्थामा रहेका हुन् ।
यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७५४ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख १७ हजार ९०३ जना पुगेको हो ।
कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।















प्रतिक्रिया