३ कार्तिक २०८३, मंगलबार

३०८४ जनाको नमूना परीक्षण गर्दा २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४०३ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ३ हजार ८४ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६६ हजार ८१६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६० हजार ५६७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४८ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ५ हजार १२५ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ४ हजार ३०१ जना आइसोलेसन र २३१ जना क्वारेन्टिनमा छन् ।