३ कार्तिक २०८३, मंगलबार

बाँकेमा कोरोना संक्रमित थप एक जना महिलाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनी पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

२७ पुसमा कोरोना परीक्षण गरिएकोमा सोही दिन उनीमा संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको आइसोलेसनमा सारिएको थियो ।