भरतपुर, २ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता एवम् संविधानसभाका उम्मेदवार विदुरप्रसाद घिमिरेले संस्कृत शिक्षालाई जगेर्ना गर्नुपर्ने बताएका छन् ।
बिहीबार चितवनको भरतपुरस्थित पशुपति संस्कृत माध्यमक विद्यालयको निरक्षणका क्रममा नेकपाका नेता घिमिरेले संस्कृत शिक्षालाई सबै मिलेर बचाउनुपर्ने बताएका हुन् ।
उनले तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका बेला संस्कृत शिक्षामाथि प्रहार गरेको भन्दै त्यस बेलाको घटनाले अहिले पनि संस्कृत शिक्षालाई माथि उठ्न नसकिएको गुनासाहरू आउने गरेको बताए । उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले संस्कृत भाषा बचाउन विशेष भूमिका खेल्ने बताए ।
पशुपति संस्कृत माविको छात्रबास जिर्ण भएका कारण छात्र–छात्रालाई पठन पाठनमा समस्या रहेको नेकपाका युवा नेता घिमिरेले बताएका छन् । उनले विद्यालयको भौतिक सुधारका लागि राज्यका सबै सरोकारवाला निकायसँग अनुरोध गर्ने बताएका छन् ।
विद्यालयको प्रचार्य बोधराज पौडेलले संस्कृत भाषाको संरक्षण अनिवार्य भइसकेको बताए । उनले सरकारबाट पनि भनेअनुसारको आवश्यक सहयोग नपाइएको गुनासो गरे ।
प्रचार्य पौडेलले विद्यालयको भौतिक संरचना सुधारका विषयमा पहल गरिदिन नेकपाका युवा नेता घिमिरेसँग आग्रह गरेका छन् । घिमिरेले पनि सरकारी निकायसँग समन्वय गरेर विद्यालयका लागि केही काम गर्ने आश्वासन दिएका छन् ।




















प्रतिक्रिया