
काठमाडौं, २ माघ । रुपन्देही र कपिलवस्तुमा दुईजना बालिका बलात्कारीको शिकार बनेका छन् भने दुवै घटनाका अभियुक्तहरुलाई प्रहरीले तत्काल पक्राउ गरेको छ ।
रुपन्देहीमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी कुटपिट समेत गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होमबहादुर बिक र १४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कैलाली टिकापुर नगरपालिका–४ घर भएका ३२ वर्षीय बृजु भरलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
५ वर्षीयाा ती बालिकालाई जबरजस्ती करणी तथा कुटपिट गरी घाइते बनाई छाडेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरेको हो ।
बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं पठाइएको छ ।
यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले भरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया