
काठमाडौं, २ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) आजदेखि बिक्री खुला भएको हो ।
नेपाली धितोपत्र बजारमा हालसम्मको सबै भन्दा ठूलो प्राथमिक शेयरका लागि छिटोमा माघ ६ गतेसम्म र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन पाइने छ ।
बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि मात्रै सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउने छन् ।
बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।
बैंकले ठूलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आबेदन गर्ने सबैले शेयर पाउने पक्का छ ।















प्रतिक्रिया