
काठमाडौं, २ माघ । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
आज शुक्रबार तोलामा ४०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । अघिल्लोे दिन बिहीबार प्रतितोला छापावाल सुन ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्यमा पनि आज प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । शुक्रबारका लागि चाँदीको प्रतितोला मूल्य १ हजार २६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँमा करोबार भएको थियो ।















प्रतिक्रिया